काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने बताएका छन् । 

मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उनले भने- ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको समस्या छ। कैयौं ठाउँ सीमा नापी नै गर्न बाँकी छ, उहाँहरुसँग सार्थक कूटनीति संवाद गरेर  आफ्नो भूभाग प्राप्त गर्नुपर्छ। आफ्नो राष्ट्रको हितका कुरा गर्नु भनेको उग्र राष्ट्रवाद होइन, कुनै देशको विरोध पनि होइन ।’