पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा धारणा सार्वजनिक गर्न अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आजै बिहान सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा र तालमेलका विषयमा छलफल हुनेछ । उक्त बैठकपछि अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।
माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस