स्ववियूको निर्वाचन अनिश्चितकालका लागि स्थगित
खबर एक्सप्रेस
२०७६-११-०६ ११:०० मा प्रकाशित
Total Shares: 265
काडमाडौं - आगामी फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले 'विशेष कारण' देखाउँदै अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।
त्रिविले गत पुस २० गते आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव गर्ने निर्णय गरेको थियो ।
यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । उनीहरूकाे दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्मका लागि थप गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस