नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्यो,२४ घण्टामा थप २६६ जनामा संक्रमण पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३६ पुगेको छ । आज कोरोनाबाट थप चार व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ८३२ रहेको छ ।
आज पुष्टि भएका संक्रमितको संख्या र मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुभन्दा उच्च रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस