स्थानीय निर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिन पाइने
काठमाडौं - स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज मंगलबार दाबी/विरोधको उजुरी दिन पाइने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध उजुरी दिन पाइने भएको हो।
उजुरी दिन निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ। निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ। आयोगले उम्मेदवारहरूको नामावली अझैरुजु गरिनसकेको भए पनि उजुरी दिने समय आजै तोकेको छ। आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।
जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। ३० वैशाखमा निर्वाचन हुने छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस