काठमाडौं - प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

विपक्षी दलले सदनमा प्रधानमन्त्री बालेन शाहलाई खोज्दै अवरोध गरेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र उठेको प्रश्नको जवाफ दिनुपर्ने अडान विपक्षीले राखेका छन्।

प्रधानमन्त्री बालेनले आफ्नोतर्फबाट उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका हुन्।

सभामुख डीपी अर्यालले पटक पटक आग्रह गर्दा पनि विपक्ष सहमत नभएपछि भोलि बिहान ११ बजेसम्मलाई बैठक स्थगित गरे।

उनले सदन सञ्चालनको लागि प्रधानमन्त्रीसँग आफैँ संवाद गर्ने जनाएको छन्।