अर्घाखाँचीमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-०८-११ ११:०० मा प्रकाशित
Total Shares: 412
काठमाडौं - अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य कयौं घाइते छन् ।
प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट ६ जनाको शव निकालीएको छ भने अन्य घाइतेको उद्धार जारी छ ।
मृतकको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । सन्धीखर्कबाट बुटबवल जाँदै गरेको यात्रुबहाक बस नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा बस दुर्घटना भएको हो । बसको नम्बरलगायतको थप विवरण आउन बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस