एनएलजी इन्स्योरेन्सले बोनस सेयर दिने
काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५र७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन बमोजिम उक्त वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ७ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।
आर्थिक वर्ष २०७ ५र७६को संचित मुनाफाबाट हाल एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ । जुन पुँजी हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबढ प्रकृयामा रहेको समेत गरी भएको कम्पनीले जनाएको छ ।
साथै, प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले पारित गरेसँगै कम्पनीका सेयरधनीहरुले सो बोनस सेयर पाउनेछन् ।
कम्पनीको खुद नाफा २० करोड २४ लाख १६ हजार एक सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीको खुद नाफा २० करोड २४ लाख ३६ हजार ४ सय ५६ रुपैयाँ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस