काठमाडौं - नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर_ जयनेपाल थापा घुस लिँदालिँदै पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घुससहित उनलाई पाटनबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखामा कार्यरत थापा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा परिचालन गरिएका थिए ।

वैदेशिक रोजगारीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले उनी पक्राउ परेको पुष्टि गरेको छ ।