काठमाडौं -  काठमाडौंको गैरीधारास्थित नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।

पुनको घरमा बसेको भीआईपी सुरक्षाामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनलाई खुट्टामा गोली लागेको थियो । गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनको  घरमा प्रहरीको भीआईपी सुरक्षाको टोली खटिएको थियो । पक्राउ परेका पिएसओलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।