काठमाडौं - पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

यो सँगै नेपालमा  ५७ हजार  ३ सय ८९ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्। 

कुन प्रदेशमा कति डिस्चार्ज 

प्रदेश १ –५१२४

प्रदेश २– १३८९८

बाग्मती प्रदेशमा –१५६९०

गण्डकी प्रदेशमा –३३७९

प्रदेश ५मा –८९११

कर्णाली प्रदेशमा –२९६८

सुदूरपश्चिम प्रदेशमा ७०१९