काठमाडौं - प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सो अनुमति दिएको हो।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्। विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन्।