काठमाडौं - लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क ४ की ८० वर्षे महिलाको प्रादेशिक अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए।  

उनलाई बिगत ३ दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या देखिएको थियो। सोमबारै बिहान प्रादेशिक अस्पताल ल्याइएकी ती वृद्धाको इमरजेन्सी एक्सपर्ट टेष्ट गर्दा पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो। 

अस्पताल ल्याउदा नै उनको अवस्था गम्भीर भएपनि आइसीयु बेड खाली नभएकाले फिबर क्लिनीकमै उपचार सुरु गरीएपनि दिउँसो मृत्यु भएको डा. गौतमले बताए।