कोटेश्वरमा ओली-नेपाल समूहको छलफल, खुमलटारमा प्रचण्ड र खनाल
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
वरिष्ठ नेता खनाल अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेको स्रोतले बताएको छ । भेटमा उनीहरुबीच स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।
यसअघि मात्रै प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । दुवै नेताबीच भेटवार्तापछि अहिले नेता नेपालको कोटेश्वरस्थित निवासमा ओली र नेपाल पक्षका नेताहरुको छलफल चलिरहेको छ ।
अध्यादेश प्रकरणपछि नेकपाभित्र असन्तुष्टि चुलिएको छ । पार्टी भित्रकै नेताहरुको दवावका कारण राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी २ विवादित अध्यादेश सरकारले फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरिसकेकी छन् ।
फेसबुक पेज Like गर्नुहोस