काठमाडौं - प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । 

बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए । 

कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।