चन्द्र ढकालद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्धवारी दर्ता
खबर एक्सप्रेस
२०७७-०७-०५ ०४:११ मा प्रकाशित
Total Shares: 972
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
फेसबुक पेज Like गर्नुहोस