ओलीका बुबाले भने: ‘केपी फागुनपछि फेरि प्रधानमन्त्री बन्ने योग छ’
काठमाडौं , झापा - केपी ओलीका बुवा मोहनप्रसाद ओलीले फागुनपछि आफ्ना छोरा केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । छोरालाई आफूले आशीर्वाद दिएको भन्दै ओलीले भन्नुभयो, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’
आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आएका ओलीलाई बुबा मोहनप्रसादले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन्। घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भन्नुभयो, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।’
काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनप्रसादलेले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए ।
‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने । झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस