सुन र चाँदीको भाउ स्थिर
खबर एक्सप्रेस
२०७७-०८-२६ ११:४२ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।
आज नेपाली बजारमा छापावाल सुन ९२ हजार ५०० रुपैयाँ तथा तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी बिहीबारकै मूल्य तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस