चितवन - इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
गएराति करिब १०ः२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।
५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

.gif)


