नेपाल राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित
खबर एक्सप्रेस
२०७७-०६-२८ ०९:१३ मा प्रकाशित
Total Shares: 449
काठमाडौं - नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।
मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । नेपालले १५० मत प्राप्त गरेको थियो । यससँगै नेपाल सन् २०२३ सम्म सदस्य रहने भएको छ ।
नेपाल सन् २०१८ देखि सदस्य रहँदै आएको छ । यस्तै, एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस