आवश्यक परे 'नीलकण्ठ' बन्न तयार छु : बाबुराम भट्टराई
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्धा परेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई असहज महसुस भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार ट्वीटरमा उनले लेखेका छन्, ‘मैले पनि असहजता महसूस गरेको छु१ सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु१ तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस् !’
ललिता निवासको १ सय १४ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराई पनि जोडिएका थियो । २०६६ चैत र २०६७ वैशाखमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री निवास विस्तारको निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस