काठमाडौं - इंग्लिस क्लब म्यानचेस्टर सिटीले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेकाे छ । 

सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । 

जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा  बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० ले हरायो ।