राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । हिजो र आज मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशन गर्न लागेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो ।
पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचनको कार्यतालिका छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस