काठमाडाैं - भारतमा मंगलबार मध्यरातबाट लागू हुनेगरी देशभर २१ दिन लकडाउन गरिने भएको छ ।
मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
'आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ,' उनले भने, 'यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला।'
भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश 'लक-डाउन' गरिएको हो। यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ।

.gif)


