बागमतीका तीन मन्त्रीले आज शपथ लिने
काठमाडौं - बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ बिहीबार हुँदैछ। बुधबार कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण दिउँसो दिउँसो १ बजेका लागि तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
बुधबार सत्ता साझेदार दल एमालेले ध्यानाकर्षण भएको जनाएपछि मन्त्रीहरूको शपथ ग्रहण रोकिएको थियो । कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो।
मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री बनाएका हुन्।
फेसबुक पेज Like गर्नुहोस