काठमाडौं, एजेन्सी - भारतमा कोरोनाविरुद्धको खोप लगाएका झण्डै २.६ लाख जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकार जारी गरेको रिपोर्ट अनुसार झण्डै १ लाख ७१ हजार पहिलो भ्याक्सिन लगाएका छन् ।

दुवै डोज भ्याक्सिन लगाएका ८७ हजार ४९ जनालाई कोरोना संक्रमण भएको छ ।

रिपोर्टका अनुसार दुवै डोज भ्याक्सिन लगाएका व्यक्तिहरु बढी सुरक्षित छन् । सरकारले गरेको उक्त अध्ययनमा कोरोना संक्रमण नियन्त्रणका लागि जतिसक्दो चाडो भ्याक्सिन कार्यक्रमलाई तीब्रता दिनुपर्ने बताइएको छ । उक्त डेटा सरकारी एजेन्सीले ३ अगस्ट २०२१ मा सार्वजनिक गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।