सन्दिपले गौतम बुद्ध रंगशालालाई दिए ७०७८४ रुपैँया
खबर एक्सप्रेस
२०७६-१०-२९ ११:०० मा प्रकाशित
Total Shares: 439
काठमाडौं - नेपाली लिग स्पिनर सन्दिप लामिछानेले निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैँया सहयोग गरेका छन् ।
नेपालमा जारी आईसिसि विश्वकप लिग २ अन्तर्गतको खेलमा हरेक विकेटमा सगरमाथाको उचाइ बराबर ८८४८ रुपैँया रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उनले उक्त रकम सहयोग गरेका हुन् ।
सन्दिपले यो त्रिकोणात्मक सिरिजमा कुल ८ विकेट लिएका थिए । उनले बुधबार मात्र अमेरिकाविरुद्ध ६ विकेट लिएका हुन् । उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए। त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए।
फेसबुक पेज Like गर्नुहोस