निर्मला पन्त प्रकरणः पुरानै आरोपीमाथि फेरि अनुसन्धान
खबर एक्सप्रेस
२०७६-०८-०३ ११:०० मा प्रकाशित
Total Shares: 591
काठमाडौं - डिएनए परिक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले पुरानै सशंकित व्यक्त्तिमाथि छाबिन थालेको छ ।
परिस्थितिजन्य र अन्य प्रमाणलाई आधार बनाए प्रहरीले अनुसन्धान अघि बढएको हो । हालसम्मको अनुसन्धानमा दिलीपसिंह विष्ट अपराधको सबैभन्दा नजिक छन् । उनलाई प्रहरीले गत वर्ष अभियुक्त्तका रुपमा सार्वजनिक गरेको थियो । पछि डिएनए नमिलेपछि छाडेको थियो ।
उनीलगायत पहिला पक्राउ गरेर सोधपुछ गरिएका व्यक्त्तिहरुमाथि नै प्रहरीले फेरि सूक्ष्म रुपमा अनुसन्धान थालेको छ ।
नयाँ पत्रिका दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस