राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक संसदमा दर्ता
खबर एक्सप्रेस
२०७७-०२-१९ ०५:३९ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेको छ ।
सोमबार समाजवादी र राजपाको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् । विधेयकको प्रस्तुतकर्तामा लक्ष्मण लाल कर्ण र राजेन्द्र श्रेष्ठ रहेको स्रोतले बताएको छ । यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गर्न अस्विकार गरेको थिए ।
सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग अघि सारेर संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस