सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प
खबर एक्सप्रेस
२०७८-०७-१६ ०८:५२ मा प्रकाशित
Total Shares: 182
काठमाडौं - सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो ।
हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । हाल यात्रु र चालक दलका सदस्य सकुशल छन् ।
तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस