काठमाडौं - काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा झडप भएको छ । सोमबार विहान आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा  अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको बताइएको छ ।

नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् ।

पक्राउ परेका विद्यार्थीलाई  पुलिस क्लवमा राखिएको छ भने उनीहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ ।