काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।
नेपालमा बुधवार ‘भिजिट नेपाल २०२०’ घोषणा भएकै दिन प्रधानमन्त्री ओलीले छिमेकी समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।
दुई देशबीच पछिल्लो समय उत्पन्न सीमा समस्या समाधान गर्न पहल चलिहेकै बेला प्रधानमन्त्रीले गरेको निमन्त्रणालाई महत्वका साथ हेरिएको छ ।
गोरखापत्र दैनिकबाट

.gif)


