टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा श्रीलंकासामु १४७ रनको चुनौती
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 13
काठमाडौं - टी–२० विश्वकप अन्तर्गत सुपर आठमा आयोजक श्रीलंका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा जारी छ ।
पल्लेकेले मैदानमा जारी खेलमा इंग्ल्यान्डले घरेलु टोलिलाई १४७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन जोड्यो ।
ओपनर फिल साल्ट बाहेक अन्य ब्याटर चल्न सकेनन् । उनले ४० बलमा ६२ रन जोडे । विल ज्याक्सले २१, ह्यारी ब्रुकले १४, साम करनले ११ रन जोडे ।
बलिङतर्फ श्रीलंकाका दुनिथ वेल्लालागेले तीन तथा दिलशान मदुशन्का र महिश तिक्षणाले दुई–दुई तथा दुश्मन्था चमिराले एक विकेट लिए ।
सुपर आठमा यी दुई समूह २ मा रहेका छन् । यस समूहमा पाकिस्तान र न्यूजिल्यान्ड पनि रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस