त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह
खबर एक्सप्रेस
२०७७-०२-०६ ०३:५० मा प्रकाशित
Total Shares: 361
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत आज उनले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको बताएकी छन् ।
उनले सर्वसाधारणलाई नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहि त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिन अनुरोध गरेकी हुन् । सरकारले सोमबार नयाँ नक्सा बनाउने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस