काठमाडौं - कोरोना भाइरसको महामारीको बेला बीमा समितिले कोरोना भाइरस बीमा लेख जारी गर्यो उक्त पोलेसी अध्ययन अनुसन्धान गरेर ल्याएको नभई  सस्तो लोकप्रियताको लागि ल्याएको पोलेसी थियो । बीमा लेख जारी गर्न उल्लेख्य भूमिका खेलेका थिए ,बीमक संघका अध्यक्ष एबम् शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र संघका महासचिव चंकि क्षेत्री उनीहरुकै उचालैमा बीमा समिति पनि हौसियो र कोरोना भाइरस बीमा लेख जारी गर्‍यो । व्यापक प्रचारप्रसार गरी बीमा गराउन कम्पनीहरु लागे, सोचेभन्दा बढी पोलेसी बिक्री भयो कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्न थाल्यो बीमा कम्पनीहरुले जोखिम बहन गर्न नसक्ने अवस्था भयो कम्पनीहरु नै जोखिममा पर्न सक्ने खतरा भएपछि कोरोना बीमा लेख बन्द गरियो ।

बीमा समिती र अर्थ मन्त्रालयबीच सम्झौता भै  तीन अर्ब ५० करोड भन्दा बढीको दायित्व सरकारले लिने गरी सचिव स्तरीय निर्णय भएको थियो । तर  विडम्बना बीमा कम्पनीहरुले आफ्नो भन्दा बढी नै दाबी भुक्तानी गर्दा पनि सरकारले आफ्नो सम्झौता कार्यान्वयन गरेको छैन । अरबौँ रकम बीमितलाई भुक्तानी गर्नुछ । सरकारले गम्भीरतापूर्वक हेरेको छैन, बीमक संघ पनि सरकारको मुख ताकेर बसिरहेको छ सक्रियता देखाएको छैन ।

यस विषयमा  अर्थ मन्त्रालयमा बुझ्दा  मन्त्रालयका एक सहसचिव भन्छन्, 'केहि दिन अघि बीमक संघको तर्फबाट दिप पाण्डे,चंकि क्षेत्री , सुनिल पन्त र अशोक खड्काले अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेको बताए, तर मन्त्रीलाई भेटेपनि निष्कर्षबिहिन भएको बताए । सरकारले गरेको सम्झौता कार्यान्वयन नहुँदा सरकारको आलोचना भैरहेको छ । सम्झौता कार्यान्वयनमा सरकार लाचार बन्नु हुदैन, आफ्नो जिम्मेवारी  पूरा गर्नुपर्छ । यस विषयमा कुरा गर्न हाम्रो टेलिभिजन कार्यक्रममा बोलाउदा जिम्मेवार ब्यक्तिहरु सबै पन्छिन खोजे पछि कुरा गरौंला भनेर कतिन्जेल भाग्ने ? हामीलाई जवाफ चाहियो । यस विषयमा सरकारको समयमै  ध्यान जान जरुरी छ ।

नेको इन्स्योरेन्सको बदमासी 

नेको इन्स्योरेन्सले कोरोना बीमाको दाबी भुक्तानी नदिने सूचना कार्यालयमा  प्रकाशित गरेको छ । बीमक संघले गैर जिम्मेवार बनेर सरकारले दिनुपर्ने  बजेट नदिएसम्म दाबी भुक्तानी नदिने सूचना निकालेको थियो उक्त सूचना निकाल्ना साथ नेको इन्स्योरेन्सले आफ्नो कार्यालयमा सरकारले बजेट व्यवस्था नगरेसम्म 

कोरोना बीमाको दाबी भुक्तानी नदिने सूचना कार्यालयमा टासिंएको छ । यस् विषयमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्कालाई यति गैर जिम्मेवार बन्न मिल्छ ? भनेर प्रश्न गर्दा सरकारले सम्झौता अनुसार बजेट नदिन चै मिल्छ ? भनेर उल्टै प्रश्न गरे ।

खबर एक्सप्रेसलाई सूचना दिदै एक कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्छन् कोरोना बीमामा बढी जान्ने भएर बीमक  संघका अध्यक्ष र महासचिवले गर्दा सबै फसेको बताउँछन् । उनले  सरकारसंग बजेट व्यवस्था गर्न संघले कडा पहल नगरेको बताए, भन्छन् बीमक संघको अध्यक्ष ज्यूको जागीरकै भर छैन उहाँको मुद्दा अदालतमा छ त्यस कारण पनि उहाँले सक्रिय रूपमा काम गर्नु भएको छैन महासचिव खासै कुरा बुझ्नु हुँदैन कोहि सिइओ अफिसमा दाबी भुक्तानी नदिने  भनेर  सूचना टासेर बस्छन् काहीं नभएको जात्रा भनेको जस्तै भएको छ ।

यस विषयमा खबर एक्सप्रेसले सरोकारवाला निकायसंग कुरा गरी विशेष रिपोर्ट तयार पारी  टेलिभिजनमा प्रसारण गर्नेछ ।