प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल
खबर एक्सप्रेस
२०७८-०५-०३ १२:२० मा प्रकाशित
Total Shares: 340
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उनिहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।
सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।
फेसबुक पेज Like गर्नुहोस