काठमाडौं - जबरजस्ती करणी उद्योग मुद्दाको कारण प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध लागेको मुद्दाको फैसला आज हुने भएको छ । आइतबार जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले फैसला तयार भइनसकेको भन्दै सारेका थिए ।

आइतबार नै महराका पक्षका आठ जना वकिलले बहस सकेरका थिए । तर, अन्तिम समयमा फैसला रोकिएको थियो । 

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनैको निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते पक्राउ परेका थिए । आरोप लागेपछि उनले असोज १४ मा नै सभामुख पदबाट राजीनामा दिएका थिए ।