अपहरणमा परेका भनिएका सांसद यादव पार्टीको सम्पर्कमा पुगे
खबर एक्सप्रेस
२०७७-०१-११ १२:०२ मा प्रकाशित
Total Shares: 474
काठमाडौं - पार्टी फुटाउन जनकपुरबाट अपहरण गरेको भनिएका सांसद डा. सुरेन्द्र यादव समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् ।
जनकपुरबाट काठमाडौं ल्याइएका यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा आएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
बुधबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको थियो ।
राति काठमाडौं ल्याइएका यादवलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस