चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा नेता
खबर एक्सप्रेस
२०७८-११-२५ ०९:४३ मा प्रकाशित
Total Shares: 656
काठमाडौं - नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । मंगलबार बसेको काँग्रेस बैठकले नेताहरुलाई साे जिम्मेवारी दिएकाे हाे ।
काँग्रेसले यही फागुन २९ गतेदेखि १ महिने चुनाव प्रचार/प्रसारका लागि 'घरघर जाउँ, कांग्रेस जिताउँ' अभियान सञ्चालन गर्दै छ। उक्त अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरुलाई खटाइएको हो। जसमा कांग्रेसले काठमाडौंमा मोहनबहादुर बस्नेतलाई खटाएको छ भक्तपुरमा जितजंग बस्नेत तथा ललितपुरमा अम्बिका बस्नतेलाई पठाइएको छ । त्यस्तै, मनाङको जिम्मा गणेश लामालाई दिइएको छ।
फेसबुक पेज Like गर्नुहोस