माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७८-१२-०५ १०:१७ मा प्रकाशित
Total Shares: 327
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् ।
प्रधानमन्त्री देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् ।
त्यसपछि खिम्ती जलविद्युत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र खिम्ती जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस