एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि हुने
खबर एक्सप्रेस
२०८२-०५-०५ ०४:५४ मा प्रकाशित
Total Shares: 73
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आउदो मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (२७) गतेसम्म हुने जानकारी दिइएको हो ।
यसअघि एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
प्रतियोगितामा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज, सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ ओटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स उपाधि जितेको थियो ।
फेसबुक पेज Like गर्नुहोस