काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्समा पुगेको तथा पछिल्लो समय आफैले दिएको अभिव्यक्तिले विवादमा तानिएका बेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

मंगलबार बिहान करिब आधाघण्टा राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओली फर्किएका थिए । प्रधानमन्त्री फर्किएलगत्तै बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक सुरू भएको छ ।