काठमाडौं - सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन् । त्यसको समर्थकमा सांसद रामकुमारी झाँक्री छन् ।

सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा उक्त प्रस्ताव छलफलका लागि अघि बढाउन सक्ने व्यवस्था छ ।

प्रस्तावमा सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले अहिले गरेका प्रयास सकारात्मक भएकाले निरन्तरता दिनुपर्ने उल्लेख छ । 

गोरखापत्र दैनिकबाट