प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८०-०५-०७ ०९:४९ मा प्रकाशित
Total Shares: 136
काठमाडौं - सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/०७९” पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि हिजोबाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस