राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको बैठक बस्नेछ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबार बिहान ११:०० बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रियसभाको नयाँ अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस