फेरि बढ्न थाल्यो कोरोना: ५ हजार ५८३ जनामा संक्रमण पुष्टि,९ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-१८ ०४:५० मा प्रकाशित
Total Shares: 337
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७७६ जनाको पीसीआर परीक्षण गर्दा ३६५७ जना र ६८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १९२६ जना गरी ५५८३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ८२६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७५२ छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस