राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
काठमाडौं-राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति पौडेलले नै मन्त्रिपरिषद्को सिफारिशमा माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण यही माघ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अब अर्को अधिवेशनमा सँगै बस्ने संसद् सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस