काठमाडौं - भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएर भैंसेपाटीमा नयाँ इन्स्पेक्टर पठाइएको हो ।

गत बिहीबार भैंसेपाटीमा नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेको भिडियो बाहिरिएपछि चौतर्फि विरोध भएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले उक्त घटनाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।उनीमाथि थप छानविन भइरहेको र समितिले बुझाएको प्रतिवेदन अनुसार पौडेललाई कारबाही हुने स्रोतले बताएको छ ।

पूर्व जर्नेल खत्रीलाई आफ्नो पति दावी गर्दै गत बिहीबार भैंसेपाटीस्थित खत्रीको निवासमा पुगेकी माला शाहसहितको टोलीमा हेमा पनि बच्चासहित त्यहाँ पुगेकी थिइन्। त्यसै क्रममा खत्रीको घरमा तोडफोड गरेको भन्दै हेमामाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।