एमालेको सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस