काठमाडौं - अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्दैछ ।
डार्विनस्थित मरारा स्टेडियममा हुने खेल नेपाली समयअनुसारदिउँसो २ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आज बंगलादेशविरुद्ध बलियो प्रदर्शन गर्दै जितको लयमा फर्कन चाहन्छ ।
नेपाल ‘ए’ले यस सिरिजमा बंगलादेशपछि हबार्ट हरिकेन्स एकेडेमी, एसीटी कमेट्स, एचएच किङ्समेन एकेडेमी र भिक्टोरिया सीए–११ सँग पनि खेल्नेछ।

.gif)


